सुदुरपश्चिम प्रदेश फाइनलमा

२०८१, ११ फाल्गुन आईतवार १९:१०

धनगढी । सुदुरपश्चिम प्रदेश कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

कैलालीको धनगढीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबको मैदानमा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा कर्णाली प्रदेशलाई १–० ले हराउँदै सुदुरपश्चिम प्रदेश उपाधि नजिक पुगेको हो ।

सुदुरपश्चिमको जितमा श्याम विनाडीले निर्णायक गोल गरे । उनले खेलको ४५औं मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच सुदुरपश्चिम प्रदेशका गोलरक्षक कुम्भ देउवा भए । उनले नगद ५ हजार सहित ट्रफी पाए।

दोस्रो सेमिफाइनलमा अब लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लबले अब फाईनल प्रवेशका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाईनल खेल फागुन १४ गते महाशिवरात्रीका दिन हुनेछ ।

गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा जारी प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख पचास हजार नगद सहित ट्रफी मेडल पाउनेछ ।

यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता उदयमान खेलाडी र फेयर प्ले टिमलले समान १५ हजार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *