आइतबारदेखि शुरु भएको तेस्रो बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगितामा वडा नम्बर ५ ले विजयी सुरुवात गरेको छ ।

आइतबार भएको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर १ लाई २-० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ५ ले लिगमा विजयी सुरुवात गरेको हो ।

वडा नम्बर ५ लाई जित दिलाउन सचिन राईले र अर्जुन कुवँरले गोल गरे । खेलको १९औं मिनेटमा सचिनले गोल गर्दै वडा नम्बर ५ लाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा अर्जुनले टोलीको अग्रता दोब्बर पारे । त्यसपछी थप गोल हुन नसक्दा वडा नम्बर ५ विजयी भयो । खेलको म्यान अफ दि म्याच अर्जुन कुवँर घोषित भए ।

‘खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान’ नाराका साथ सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन बराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले प्रतियोगिताको गरेका थिए ।

नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यको सभाध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कट्वालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

आगामी फागुन २८ गतेसम्म हुने प्रतियोगिताको दोस्रो दिन दुई वटा खेल आयोजना हुनेछन् । सोमबार हुने १ पहिलो खेलमा दिउँसो १ बजे वडा नम्बर २ र वडा नम्बर ११ बीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो ३ बजेदेखि वडा नम्बर ३ र वडा नम्बर ९ बीच हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *