रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ ।

आइतबार राती भएको खेलमा जिरोनालाई २-० गोलले पराजित गर्दै रियल दोस्रो स्थानमा उक्लेको छ । समान अंक भए पनि रियल गोल अन्तरमा पछि छ ।

घरेलु मैदानमा रियल मड्रिडलाई जित दिलाउन लुका मोड्रिकले ४१औं तथा भिनिसियस जुनियरले ८३औं मिनेटमा गोल गरे ।

जितसँगै रियल २५ खेलमा ५४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक जोडेको बार्सिलोना गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा छ ।

लिगअन्तर्गत आइतबार नै भएका अन्य खेलमा रियल बेटिसले गेटाफेलाई २-१,  एथलेटिको क्लब बिल्वाओले भायाडोलिडलाई ७-१ र रियल सोसिडाडले लेगानेसलाई ३-० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *