काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले मिसन-२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकको मंगलबार स्वास्थ्य परीक्षण गरिएको छ ।

खेलाडी तथा प्रशिक्षकको रगत परीक्षण, इसीजी, इको, एक्सरे र आँखा परीक्षण गरिएको केन्द्रका प्रमुख मधुसुदन बस्नेतले जनाएका छन् । आँखा परीक्षण त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा गरिएको थियो ।

राखेपका सदस्य-सचिव टंकलाल घिसिङले स्वास्थ्य परीक्षणको अवलोकन गर्नुका साथै खेलाडीको स्वास्थ्यस्थिति बारे जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *