लक्की स्टार क्लब सेमिफाइनल

२०८१, ९ फाल्गुन शुक्रबार १९:१५

धनगढी । चोरमारा युथ क्लबलाई पराजित गर्दै लक्की स्टार क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

कैलालीको धनगढीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबको मैदानमा शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशको लक्की स्टारले गण्डकी प्रदेशले चोरमारालाई ३-१ ले पराजित गरेको हो ।

लक्की स्टारले अब फाइनल प्रवेश गर्न कोशी प्रदेशको गाईघाट फुटबल क्लब र लुम्बिनी प्रदेशको राइजिङ स्टार फुटबल क्लबीचको विजेतासँग खेल्ने छ । यी दुईबीचको खेल शनिबार हुनेछ ।

लक्की स्टारको जितमा सानुकुमार तामाङले दुई र मिशान लामाले एक गोल गरे । चोरमाराका मनिष थापामगरले गरेको गोल सान्त्वना रह्यो ।

पहिलो हाफको अन्ततिर सानुको गोलमार्फ लक्की स्टारले सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको ६ मिनेटपछि नै सानुले अर्को गोल गर्दै २-० को अग्रता दिलाए ।

७६औं मिनेटमा मनिषले गोल गर्दै खेल २-१ मा ल्याएका थिए । तर, ८८औं मिशानले अर्को गोल गर्दै ३-१ को जित पक्का गरे । खेलको म्यान अफ द म्याच मिशान नै घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *