चीनको युनान युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक राजेश शाहीले मंगलबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली युवा टोलीले फागुन ३ मा दशरथ रंगशालामा युनान युवा फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना हुने यो खेल दिउँसो २:३० बजे हुनेछ । 

नेपाली युवा टोली

गोलकिपर: जियारथ शेख, कृशल मोक्तान, विशाल केसी

डिफेन्डर: सीमन्त थापा, राम थापा, सविन घिमिरे, विशाल नेपाली, अश्विन घोरासैनी, विक्रम तामाङ

मिडफिल्डर: सरोज दर्लामी, लक्षु थापा, कृष्ण आले, ओम प्रकाश, सबिन लुङेली, आशिष राई, विक्रम गौतम, धर्मेन्द्र कुँवर

फरवार्ड: नीराजन धामी, सुजन मगर, नीरज कार्की, निरोज चौधरी, शिराब लो तामाङ, विज्ञान खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *