विराटनगर । १४औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचा नगरपालिका- ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमीले जितेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राती सम्पन्न प्रतियोगितामा उच्च मावि (सिनियरतर्फ) एभरेष्टले ३ स्वर्ण, ३ रजत र १ कास्य पदक ल्याएर उपाधि जितेको हो ।

त्यसैगरी कक्षा १० सम्मको जुनियरतर्फ पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित ४० अंकको साथ उपाधि जितेको हो ।

त्यस्तै जुनियरतर्फ ४ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित २९ अंक ल्याएर सुन्दरहरैचामा रहेको बाल प्रतिभा स्कुल द्वितीय भएको छ । २ स्वर्ण २ रजत र १ कास्य पदकसहित १५ अंक ल्याएर विराटनगरको ग्यालेक्सी पब्लिक स्कुल तृतीय भएको छ ।

त्यसैगरी सिनियरतर्फ ३ स्वर्ण, २ रजत र २ कास्य पदक सहित सुन्दरहरैंचा नगरपालिकामा रहेको ब्राइट फ्युिचर स्कुल द्धितीय र २ स्वर्ण १ रजत र १ कास्य पदकसहित सिद्धार्थ स्कुल तृतीय भएको छ ।

प्रतियोगिताको छात्रतर्फको उत्कृष्ट खेलाडीमा ग्यालेक्सी स्कुलका निरज चौधरी घोषित भए । त्यसैगरी छात्रातर्फको उत्कृष्ट खेलाडीमा विराटनगरको मदर टेरेसा स्कुलकी पूजा यादव घोषित भइन् ।

फुटबलको उपाधि हरैचा मोडललाई

प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको फुटबल प्रतियोगितामा हरैचा मोडलले उपाधि जितेको छ । सहिद रंगशालामा भएको फाइनलमा पथरीको बालमिकी स्कुललाई ४-० गोलले पराजित गर्दै हरैंचा मोडलले फुटबलको उपाधि जितेको हो ।

हरैचा मोडलको जितमा गौरव खवासले २ गोल र रोहन मण्डल, भुपेन्द्र लुईटले समान १ गोल गरे ।

भलिबलमा चार स्कुललाई उपाधि

भलिबल प्रतियोगितामा चार वटा स्कुलले उपाधि जितेको छ । कक्षा १० सम्म भएको भलिबल प्रतियोगिताको छात्रतर्फको प्रथम उर्लाबारीको मोरङ मोडल र छात्रातर्फको प्रथम पथरीको एभरेष्ट स्कुलले जितेको छ ।

त्यसैगरी उच्च माविर्तको भलिबलको छात्रतर्फको प्रथम सुन्दरहरैचाको सिद्धार्थ स्कुल र छात्रातर्फको प्रथम ब्राइट फ्युिचर स्कुल भएको छ ।

त्यसैगरी उच्च मावितर्फको छात्रतर्फको भलिबलको द्धितीय राष्ट्र निमार्ण स्कुल र तृतीय पशुपति स्कुल भएको छ । त्यस्तै छात्रातर्फको द्वितीय राष्ट्र निमार्ण स्कुल र तृतीय मोरङ मोडल स्कुल भएको छ ।

यसैगरी कक्षा १० सम्मको छात्रतर्फको भलिबको द्वितीय पशुपति स्कुल र तृतीय मोर्डन एरा स्कुल भएको छ । त्यसैगरी छात्रातर्फको द्वितीय मोरङ पब्लिक स्कुल र तृतीय रमाइलो बाल जगत स्कुल भएको छ ।

बास्केटबलको उपाधि एभरेष्टलाई

प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको एभरेष्ट स्कुलले जितेको छ । द्वितीय रतुवामाई नगरपालिकाको राष्ट्र निर्माण स्कुल र तृतीय सुन्दरहरैचाको ब्राइट फ्यूिचर स्कुल भएको छ । बास्केटबलमा उत्कृष्ट खेलाडी एभरेष्ट स्कुलका शिव साह घोषित भए ।

टेबल टेनिस

प्याब्सन स्पोट्र्स मिट अन्तर्गत टेबल टेनिस प्रतियोगिताको छात्रा सिङल्सतर्फ बुढानिलकण्ठ स्कुलकी मानसी तामाङले एभरेष्ट विराटनगरकी आस्ना कटुवाललाई ३-१ सेट स्कोरले पराजित गर्दै प्रथम भएकी छिन् । रविशंकर स्कुलकी स्वाती साह र स्वस्तिका चौधरी संयुक्त रुपमा तृतीय भए ।

छात्रा सिङल्सतर्फ एभरेष्ट स्कुल विराटनगरका सुशान्त मेहताले बुढानिलकण्ठका रुपेश श्रेष्ठलाई ३-० सेट स्कोरले पराजित गर्दै प्रथम भए । एभरेष्टकै सक्षम बस्नेत र बुढानिलकण्ठका आदर्श राजबंशी संयुक्त रुपमा तृतीय भए ।

उच्च मावि तर्फका खेलहरुमा छात्रा सिङल्स इभेन्टमा ब्राइट फ्युचर सुन्दरहरैचाकी निक्की महतो प्रथम भइन् । एभरेष्ट विराटनगरकी श्रद्धा पौडेल द्वितीय, एभरेष्ट बिराटनगरकी प्रसिद्धि अधिकारी र ब्राइट फ्युचर सुन्दरहरैंचाकी अमिरा अधिकारी संयुक्त रुपमा तृतीय भइन् ।

छात्रा सिङल्स उच्च मावितर्फ एभरेष्ट विराटनगरका अनुज माझी प्रथम, एभरेष्टकै श्रेयम काफ्ले द्वितीय, बालप्रतिभा सुन्दरहरैंचाका पुजन दाहाल र ब्राइट फ्युचर सुन्दरहरैंचाका आयुष कार्की संयुक्त रुपमा तृतीय भए ।

छात्रा टिम इभेन्ट उच्च मावितर्फ ब्राइट फ्युचर सुन्दरहरैंचा प्रथम, एभरेष्ट बिराटनगर द्वितीय र सिद्धार्थ स्कुल सुन्दरहरैंचा तृतीय भए ।

छात्र टिम इभेन्ट उच्च मावितर्फ एभरेष्ट विराटनगर प्रथम, ब्राइट फ्युचर सुन्दरहरैंचा द्वितीय, पशुपती सेकेन्डरी स्कुल उर्लाबारी र बालप्रतिभा स्कुल सुन्दरहरैंचा संयुक्त रुपमा तृतीय भए ।

विजेता हुने खेलाडीहरुलाई प्याब्सनका केन्द्रीय निर्वतमान अध्यक्ष टिकाराम पुरी, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकाल, मोरङ अध्यक्ष जगतबहादुर बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए ।

तीन दिनसम्म संचालन भएको प्याब्सन स्पोर्ट्स मिटमा २५ भन्दा बढी विधाका खेलहरु समावेश गरिएको थियो । यो प्रतियोगितामा मोरङ प्याब्सनमा आवद्ध ३ हजार बढी विद्यार्थीहरुले भाग लिएको प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *