उसमान डेम्बेलेको ह्याट्रिकमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा ब्रेस्टमाथि शानदात जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । यो जितपछि पेएसजीले दोस्रो स्थानको मोनाको माथि १३ अंकको अग्रता समेत बनाएको छ ।

ब्रेस्टको मैदानमा भएको खेलमा डेम्बेलेले २९औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले ५७औं र ६२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

पछिल्लो एक सातामा डेम्बेलेको यो दोस्रो ह्याट्रिक हो । च्याम्पियन्स लिगमा बुधबार उनले स्टुटगार्ड विरुद्ध जितमा पनि ह्याट्रिक गरेका थिए ।

२७ वर्षीय डेम्बेलेले पीएसजीका लागि पछिल्लो ८ खेलमा १४ गोल गरेका छन् । उनी फ्रेन्च लिगमा सर्वाधिक गोल गर्ने सूचीमा अगाडि छन् ।

पिएसजीका लागि बाँकी दुईगोल गोन्साकलो रामोसले गरे । रामोसले ८९औं र इन्जुरी टाइमको सातौँ मिनेटमा गोल गरे । ब्रेस्टका लागि रोमाइल डेल कास्टिलोले ५०औं र लुडोभिक अजोक्वीले ७१औं मिनेटमा गोल गरे ।

जितसँगै पीएसजीले २० खेलबाट ५० अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको मोनाकोको ३७ अंक छ । पराजित ब्रेस्टको समान २० खेलमा २८ अंकसहित आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *