फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले तेस्रो डिभिजनको क्लब ले म्यान्सलाई २–० ले पराजित गर्दै कोप डे फ्रान्सको क्वाटरफाइनलमा पुगेको छ ।
मंगलबार राती भएको अन्तिम १६ को खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन डिजायर डुए र ब्राडली बार्कोलाले गोल गरे ।
खेलको २५औं मिनेटमा डुएले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले गोन्कालो रामोसको पासलाई सदुपयोग गरे । त्यसपछि ७१औं मिनेटमा नुनो मेन्डिसको पासमा बार्कोलाले गोल थप्दा पिएसजी २–० ले विजयी भयो ।
