नेपाली युवा टोलीले आज (शनिबार) चीनको युनान युवा फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र चिनिया राजदुतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।

यी दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

नेपालको नेतृत्व सीमान्त थापाले गर्नेछन् । खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हेर्न सकिनेछ ।

नेपाली युवा टोली

गोलकिपर: जियारथ शेख, कृशल मोक्तान, विशाल केसी

डिफेन्डर: सीमन्त थापा, राम थापा, सविन घिमिरे, विशाल नेपाली, अश्विन घोरासैनी, विक्रम तामाङ

मिडफिल्डर: सरोज दर्लामी, लक्षु थापा, कृष्ण आले, ओम प्रकाश, सबिन लुङेली, आशिष राई, विक्रम गौतम, धर्मेन्द्र कुँवर

फरवार्ड: नीराजन धामी, सुजन मगर, नीरज कार्की, निरोज चौधरी, शिराब लो तामाङ, विज्ञान खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *