इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले चेल्सीमाथि ३-० को शानदार जित दर्ता गरेको छ ।

ब्राइटनले एक सातामा दोस्रो पटक चेल्सीलाई हराउँदै प्रिमियर लिग तालिकामा आफूलाई आठौं स्थानमा पनि उकालेको छ । ब्राइटनले गत शनिबार एफए कपमा चेल्सीलाई २–१ ले पराजित गरेको थियो ।

चेल्सी शीर्ष चारमा रहे पनि अंक दूरी घटाउने उसको लक्ष्य भने सफल भएन । शनिबार आज म्यानचेस्टर सिटी, न्युक्यासल र बोर्नमाउथले खेल जितेमा, चेल्सी अंक तालिकामा अझै पछाडि धकेलिन सक्छ ।

घरेलु मैदानमा ब्राइटनको जितमा यान्कुबा मिन्टेहले दुई तथा काओरु मितोमाले एक गोल गरे ।

खेलको २७औं मिनेटमा मितोमाले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा मिन्टेहले ब्राइटनको अग्रता दोब्बर पारे । ६३औं मिनेटमा मिन्टेहले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको पराजय सुनिश्चित गरे ।

जितसँगै ब्राइटन २५ खेलबाट ३७ अंकका साथ लिगको आठौँ स्थानमा उक्लिएको छ । पराजित चेल्सी भने २५ खेलबाट ४३ का साथ लिगको चौथो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *