नेपाल सुपर लिग (एनपिएल) को तेस्रो सिजनका लागि मिनी अक्सनमा ६० खेलाडी हुने भएका छन् । 

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले शुक्रबार प्रेस रिलिज जारी गर्दै पहिलो पटक मिनी अक्सन हुने बताएको हो ।

जसमा क्याटेगोरी ए र बी का खेलाडीहरु मात्र अक्सनका लागि समावेश गरिएको हो । क्याटेगोरी ए मा १५ र क्याटेगोरी बी मा ४५ खेलाडी छन् ।

चार घन्टा चल्ने अक्सनअघि सुपर लिग सहभागी सबै फ्रेन्चाइज टोलीलाई रिटेन र रिलिज भएका खेलाडीका सूची उपलब्ध गराएको छ । 

यो सिजनका लागि अघिल्लो सिजन खेलेका खेलाडीमध्येबाट ए श्रेणीबाट एक र बी श्रेणीबाट दुई खेलाडी रिटेन गर्न सकिने प्रावधान लागू गरिएको थियो । रिटेन नभएका ए र बी श्रेणीका खेलाडी अक्सनमा उपलब्ध हुनेछन् । यस्तै हरेक टिमको छुट्टै मार्की खेलाडी समेत हुनेछ ।

अक्सन बाहेक क्याटेगोरी सी लगायत खेलाडी भने ड्राफ्ट मार्फत टिममा राख्न सकिने आयोजकले यसअघि नै जनाएको छ ।

यसपल्ट काठमाडौं रेजर्स, साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

एनएसएलका अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *