नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीले मार्की खेलाडी लाकेन लिम्बू भएका छन् ।
एनएसएलको तेस्रो संस्करणका लागि झापाले सेन्ट्रल मिडफिल्डर लाकेनलाई मार्की बनाएको हो ।
अघिल्लो संस्करण नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार स्ट्राइकर अञ्जन विष्ट मार्की र कप्तान थिए । तर, उनी एफसी चितवन लागेसँगै झापाले लाकेनलाई मार्की बनाएको हो ।
२२ वर्षीय लाकेन हाल भारतीय आइ लिग क्लब दिल्ली एफसीमा आबद्द छन् । उनी अघिल्लो संस्करण पनि झापामै थिए । उनीसँग थ्री स्टार, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेडसँग खेलेको अनुभव पनि छ ।
झापाले यसअघि मिडफिल्डर प्रशान्त लक्षम र सेन्ट्रल ब्याक छिरिङ लामाले रिटन गरिसकेको छ । यस्तै, मुख्य प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरेको छ ।
