तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि यही फागुन १० गते अक्सन हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले १० गते  (फेब्रुअरी २२) अक्सन हुने जानकारी गराएको छ । अक्सनमा ए, बी, सी र डी क्याटागोरीमा खेलाडी रहने छन् । 

यसपटकदेखि खेलाडी रिटेन गर्न सक्ने प्रावधान ल्याइएको छ । आयोजकका अनुसार प्रत्येक श्रेणीका दुई वा तीन खेलाडी रिटेन गर्न सक्ने नियम लागू गरिएको छ । एउटा टोलीले कम्तिमा २२ र बढीमा २३ खेलाडी राख्न पाउनेछ ।

तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्  । यसअघि पहिलो संस्करणमा ७टिमले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणमा टिम संख्या बढाएर ९ पुर्‍याइएको थियो । तेस्रो संस्करणमा फेरि ७ टिमले मात्र खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड तेस्रो संसकरणमा सहभागि छैन ।

यस्तै पहिलो संस्करणक खेलेका ६ टोली काठमाडौं रेजर्स एफसी ललितपुर सिटी एफसी एपसी चितवन धनगढी एफसी पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी सहित दोस्रो संस्करणमा थपिएको झापा एफसीले तेस्रो संस्करण खेल्नेछन् ।

तेस्रो संस्करणको एनएसएल आगामी मार्च २९ बाट सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *