बिर्तामोड । भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहिवार भएको अन्तिम क्वाटरफाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई १-० गोलको अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा भद्रपुरको जितका लागि सुजता पालुङ्वाले गरेको गोल नै निर्णायक गोल बन्यो ।
उनले पहिलो हाफको २०औं मिनेटमा गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दी म्याच भद्रपुरकी सुजता पालुङवा घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो सेमिफाइनल खेल शुक्रबार कन्काइ नगरपालिका र मेचीनगर नगरपालिकाबीच हुनेछ ।
फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।
