दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ७ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको चौथो प्रि-क्वाटरफाइनल खेलमा वडा नम्बर ६ लाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै वडा नम्बर ७ क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको म्यान अफ दि म्याच वडा नम्बर ७ का गोलरक्षक सुलब चौधरी घोषित भए । उनले पुरस्कार बापत नगद नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तर्गत बिहिवार वडा नम्बर ४ र वडा नम्बर १० बीच पहिलो क्वाटरफाइनल खेल हुनेछ ।
दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १५ गतेका दिन हुनेछ ।
