नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी एफसी चितवनले डिफेन्डर छिरिङ गुरुङलाई रिटेन गरेको छ ।
चितवनले एनएसएलको तेस्रो संस्करणका लागि छिरिङलाई ‘ए’ क्याटोगरीबाट रिटेन गरिएको जानकारी दियो ।
उनी चितवनले रिनेटन गरेको दोस्रो खेलाडी हुन् । यसअघि क्लबले गोलकिपर विशाल श्रेष्ठलाई रिटेन गरेको थियो ।
चितवनले यसअघि नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड अञ्जन विष्टलाई मार्की प्लेयर बनाइसकेको छ । यस्तै, प्रशिक्षकमा भने नवीन न्यौपानेलाई नियुक्त गरिसकेको छ।
तेस्रो संस्करणको एनएसएल यही चैतमा हुँदै छ । सात टिमले प्रतिस्पर्धा गर्ने छन् । एनएसएलका लागि खेलाडी अक्सन पनि आउँदो शनिबार हुँदै छ ।
