यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक ड्र अनुसार अन्तिम १६ मा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले छिमेकी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडको सामना गर्नेछ । प्लेअफमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले अन्तिम १६ मा स्थान बनाएको थियो ।

यस्तै, अर्को स्पेनिस क्लब बार्सिलोनाले अन्तिम १६ को खेलमा बेन्फिकाको सामना गर्नेछ । यस्तै, इंग्लिस क्लब लिभरपुलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), आर्सनलले पीएसभी, बोरुसिया डर्टमुण्डले लिल र जर्मन क्लब बायर्न म्युनिखले चिरप्रतिद्वन्द्वी बायर लेभरकुसेनको सामना गर्नेछ ।

यसैगरी, क्लब ब्रुगले एस्टन भिल्ला र फेनोर्डले इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ ।

अन्तिम-१६ को पहिलो लेग मार्च ४ र ५ मा हुनेछन् । दोस्रो लेगका खेल भने ११ र १२ मार्चमा हुनेछन् । च्याम्पियन्स लिगको फाइनल भने मे ३१ मा जर्मनीको म्युनिखस्थित एलायन्ज एरेनामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *