पाकिस्तान र युएईमा च्याम्पियन ट्रफी आज सुरु हुँदैछ। पहिलो खेल घरेलु टोली पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ ।
कराँचीस्थित नेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । साविक विजेता पाकिस्तान मोहम्मद रिजवानको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ ।
सन् २०१७ मा इङ्ग्ल्यान्डमा भएको पछिल्लो संस्करणमा भारतलाई १ सय ८० रनले हराउँदै पाकिस्तानले उपाधि जितेको थियो ।
दोस्रो संस्करणको विजेता न्युजिल्याण्ड मिचेल सान्टनरको कप्तानीमा मैदान उत्रनेछ । न्युजिल्याण्ड पनि सान्टनरको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ ।
सान्टनरको टोलीलाई २५ वर्ष पछि उपाधि जिताउँने जिम्मेवारी छ । सन् २००० मा केन्यामा भारतलाई हराउँदै न्युजिल्याण्डले च्याम्पियन बनेको थियो ।
पाकिस्तान र न्युजिल्याण्ड दुवै टोलीलाई सताएको छ । पाकिस्तानका युवा ओपनर सैयम अयुब टोली घोषणा अघि नै चोटका कारण बाहिरिएका थिए ।
चोटकै कारण न्युजिल्याण्ड लोकी फर्गुसन तथा बेन सियर्स प्रतियोगिताबाट बाहिरिएका थिए। उनीहरुको ठाँमा काइल जे र ज्याकोब डफीलाई टोलीमा समेटिएको छ ।
चोटकै कारण न्युजिल्याण्ड लोकी फर्गुसन तथा बेन सियर्स प्रतियोगिताबाट बाहिरिएका थिए। उनीहरुको ठाँमा काइल जेमिसन र ज्याकोब डफीलाई टोलीमा समेटिएको छ ।
च्याम्पियन्स ट्रफीको पूर्वसन्ध्यामा पाकिस्तानमा भएको त्रिकोणात्मक सिरिजमा यी दुई टोली आमनेसामने भएका थिए । सान्टनरको कप्तानीमा न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहेर ट्रफी जितेको थियो ।
न्युजिल्याण्डले पाकिस्तानलाई समूह चरणमा ५ विकेट र फाइनलमा ७८ रनले पराजित गरेको थियो। यी दुई टोली सन् २०००, २००६ र २००९ को च्याम्पियन्स ट्रफीमा भएको तीनै भेटमा पाकिस्तान पराजित भएको थियो ।
२०२३ यता ओडिआई क्रिकेटमा न्युजिल्यान्ड र पाकिस्तानबिच ११ खेल भएका छन्ले। जसमा न्युजिल्यान्डले ५ र पाकिस्तानले ६ खेल जितेको छ । पछिल्ला ४ मध्ये ३ खेलमा न्युजिल्याण्ड विजयी भएको छ ।
पाकिस्तानको टोली
मोहम्मद रिजवान (कप्तान), बाबर आजम, फखर जमान, कामरान गुलाम, साउद शकील, तैयब ताहिर, फहीम अशरफ, खुशदिल शाह, सलमान अली आगा, उस्मान खान, अबरार अहमद, हारिस रउफ, मोहम्मद हसनैन, नसीम शाह, शाहीन शाह अफ्रदी ।
न्युजिल्याण्डको टोली
मिचेल सान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कोन्वे, काइल जेमिसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, विल ओरोर्के, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, नाथन स्मिथ, केन विलियमसन, विल योङ र ज्याकोब डफी ।
च्याम्पियन्स ट्रफी खेल्न भारत पाकिस्तान नजाने भए पछि प्रतियोगिताका केही खेल भने युएईमा आयोजना हुनेछ । भारतले खेल्ने सबै खेल युएईमा हुनेछ ।
भारतमा आयोजना भएको सन् २०२३ को ओडिआई विश्व कपको शीर्ष ८ राष्ट्र च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ए मा रहेका छन् ।
अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी मा रहेका छन् । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
दुई सेमिफाइनलको विजेता उपाधिका लागि खेल्नेछन् । यस संस्करणको च्याम्पियन्स ट्रफीको फाइनल खेल ९ मार्चमा रहेको छ
भारतले फाइनल खेल्ने भएमा फाइनल युएईमा हुनेछ । त्यसबाहेकको अवस्थामा फाइनल पाकिस्तानमा हुनेछ । पाकिस्तानले बुधवार न्युजिल्याण्डको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ ।
