चीनको युनान युवा टोलीसँग शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलका दौरान नेपाली खेलाडी आशिष राई गम्भीर घाइते भएका छन् ।

खेलको ३७औं मिनेट चलिरहँदा विपक्षी खेलाडी मोरी डेलेले ट्याकल गर्दा दुवैजना लडेका थिए । सो क्रममा आशिषको भने तीन ठाउँमा बाँया खुट्टा भाँचिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनको अहिले अस्पतालमा उपचार सुरू भइसकेको छ ।

नेपालले चिनियाँ नयाँ वर्षको अवसरमा मैत्रीपूर्ण खेल खेलेको हो । उक्त खेलमा नेपाली युवा टोली युनान युवा टोलीसँग २-० ले पराजित भयो ।

गत वर्ष देखि चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र युनान युवा टोलीबीच मैत्रीपूर्ण खेल सुरु भएको हो ।  गत वर्ष नेपाली युवा टोली ५-१ ले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *