इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
प्लेअफको दोस्रो लेगमा मंगलवार डच टोली फेयेनोर्डसँग १-१ को बराबरीमा रोकिएको मिलान सामग्रमा २-१ ले पछि पर्यो । पहिलो लेगमा फेयेनोर्ड १-० ले विजयी भएको थियो ।
मिलानको मैदानमा भएको खेलमा फेयेनोर्डका लागि जुलियन करान्जाले गोल गरे । मिलानका सान्टियागो गिमेनेजले गोल गरे ।
पहिलो मिनेटमा नै गोल गर्दै गोमेनेजले मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७३औं मिनेटमा करान्जाले गोल गर्दै डच क्लबलाई बराबरीमा पुर्याए ।
दुवै टोलीले १० खेलाडीमा खेलको अन्त्य गरे । मिलानका हर्नान्डेज ५१औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
खेलको अन्तिम तिर फेयेनोर्डका गिभाइरो रिडलाई पनि रातो कार्ड दिइयो । फेयेनोर्ड अन्तिम १६ मा इन्टर मिलान वा आर्सनलमध्ये कुनै एक टोलीसँग भिड्नेछ ।
