१५औ इटहरी गोल्डकप आजदेखि

२०८१, ३ फाल्गुन शनिबार ०९:२२

इटहरी । १५औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगता आज शनिबारदेखि शुरु हुँदैछ ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी) बिच प्रतिस्पर्धा हुनेछ । इटहरी रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा साबिक विजेता चर्ज बोइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम (एनआरटी), झापा-११ फुटबल क्लब, धरान फुटबल क्लब, युनाईटेड खर्साङ फुटबल क्लब (युकेएफसी) भारत, दुई पटकको च्याम्पियन सगरमाथा यूथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब गरी ८ टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ। यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई दस हजार प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकलाई जनही २०/२० हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै, सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ र राइजिङ् प्लेयरले एक थान एलइडि टिभी प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न ८१ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *