शनिबारदेखि वीरगञ्ज गोल्डकप

२०८१, १६ फाल्गुन शुक्रबार १२:३४

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाको सहयोगमा भोलि शनिबारदेखि हुने दोस्रो संस्करणको वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको खेल आयोजक भेट्रान सिटी क्लबले जनाएको छ ।

आदर्शनगर रङ्गशाला हुने प्रतियोगितामा एक भारतीयसहित राष्ट्रियस्तरका आठ वटा फुटबल टोली मैदानमा उत्रने भेट्रान सिटी क्लबका उपाध्यक्ष सागर शमशेर जबराले राससलाई जानकारी दिए ।

प्रतियोगितामा ए डिभिजन लिग खेल्ने संकटा, मच्छिन्द्र, नेपाल पुलिस, एपिआई चर्च ब्वाइज युनाइटेड, दिल्लीको गढवाल डाइमण्ड फुटबल क्लब, सलहेश फुटबल क्लब बागमती युथ क्लब र वीरगञ्ज युनाइटेड स्पर्धा गर्दै छन् ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार पाउनेछ । शनिबार हुने उद्घाटन खेलमा वीरगञ्ज युनाइटेड र गढवाल डाइमण्ड भिड्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिव एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको विजेताको रूपमा नेपाल पुलिस क्लब र उपविजेताको रूपमा नेपाल आर्मी क्लब भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *