लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा आफ्नो अपराजित यात्रालाई २२ खेलसम्म पनि कायम राखेको छ ।
शनिबार राती भएको खेलमा पिएसजीले घरेलु टोली टुलुज एफसीलाई १-० गोलले हरायो ।
टुलुजको घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन फाबियान रुइजले निर्णायक गोल गरे । उनले खेलको ५२औं मिनेटमा गोल गरेको थियो ।
जितसँगै पिएसजीले २२ खेलबाट १७ जित र ५ बराबरीसहित ५६ अंक जोडेको छ । पराजित टुलुज समान खेलबाट २७ अंकका साथ १०औं स्थानमा छ ।
शनिबारै सम्पन्न अन्य खेलमा मोनाकोले नान्टेसलाई ७-१ र मार्सेले सेन्ट एटिएनलाई ५-१ ले हरायो ।
