काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई २–२ को बराबरीमा रोकेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चारै गोल पहिलो हाफमा भएको हो । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो ।

खेललो छैटौँ मिनेटमा म्याट नो किनले फ्रिकिक मार्फत म्यानमारलाई अग्रता दिलाएकी थिइन् । तर, म्यानमारको यो अग्रता लामो समय टिक्न सकेन । खेलको ११औं मिनेटमा नै सविता रानामगरले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् ।

१६औं मिनेटमा मे टेट नुले गोल गर्दै म्यानमारलाई २-१ को अग्रता दिलाइन् । तर, ४०औं मिनेटमा सावित्रा भण्डारीले गोल गरेपछि पहिलो हाफ २-२ को बराबरीमा सकियो ।

यो नतिजासँगै तीन खेलमा समान सात अंक रहे पनि गोल अन्तरका आधारमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनल पुगेका छन् । यसअघि दुवै टोलीले किर्गिस्तान र लेबनानलाई हराएका थिए ।

अब उपाधिका लागि बुधबार नेपाल र म्यानमार भिड्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *