नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
टोलीले एनएसएलको तेस्रो संस्करणका लिग दीपेन्द्रलाई ब्रान्ड एम्बासडर बनाइएको जानकारी दियो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो ।
धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो संस्करणमा ललितपुर सिटी एफसीसँग पराजित भएको थियो ।
धनगढीले तेस्रो संस्करणका लागि मिडफिल्डर कृतिशरत्न छुन्जुलाई मार्की खेलाडी बनाएको छ ।
