अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ ।
भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो ।
खेल हुन नसकेपछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
जारी प्रतियोगितामा पहिलो खेलमा जित हासिल गरेको दुबै टोलीको यो नतिजाले समूह बी मा दुई खेलबाट तीन अंक पुगेको छ । जसमा दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ ।
