महिला त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।
नेपाल आफ्नो पहिलो जितको खोजीमा छ । बिहीबार उद्घाटन खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।
थाइल्याण्ड भने लगातार दोस्रो जित हासिल गर्ने योजनामा छ । शुक्रबार भएको पहिलो खेलमा थाइल्याण्ड नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गरेको थियो ।
नेपालले पहिलो खेलबाट एक परिवर्तन गरेको छ । मिडियम पेस बलर ईश्वरी विष्टको स्थानमा ब्याटर ममता चौधरी टिममा आएकी छन् ।
नेपालको प्लेइङ-११
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, र सिता राना मगर
