च्याम्पियन्स ट्रफीका लागि साविक विजेता पाकिस्तानले राष्ट्रिय टिमको घोषणा गरेको छ ।

१९ फेब्रुअरीदेखि ९ मार्चसम्म पाकिस्तान र यूएईमा हुने च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले मोहम्मद रिजवानको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । पाकिस्तानी टिममा फखर जमानले टिममा पुनरागमन गरेका छन् ।

यस्तै, टिममा बाबर आजम, कामरान गुलाम, साउद शकिल, तैयब ताहिर, फहिम अशरफ, खुशदिल शाह पनि परेका छन् । यसैगरी, सलमान आगा, उस्मान खान, अबरार अहमद, शाहिन शाह अफरिदी, मोहम्मद हसनैन, हारिस राएफ र नसिम शाह पनि टिममा छन् ।

च्याम्पियन्स ट्रफीमा पाकिस्तानको पहिलो खेल फेब्रुअरी १९ मा न्युजिल्याण्डसँग खेल्ने छ । उक्त खेल कराँचीमा हुनेछ । त्यसपछि भारतसँग खेल्न पाकिस्तान दुबई जानेछ । पाकिस्तानले २७फेब्रुअरीमा रावलपिण्डीमा बंगलादेशसँग खेल्नेछन् । पाकिस्तान रहेको च्याम्पियन्स ट्रफीको समूह ‘ए’ मा भारत, बंगलादेश र न्युजिल्याण्ड छन् ।

टिम पाकिस्तानः

मोहम्मद रिजवान (कप्तान), फखर जमान, बाबर आजम, कामरान गुलाम, साउद शकिल, तैयब ताहिर, फहिम अशरफ, खुशदिल शाह, सलमान आगा, उस्मान खान, अबरार अहमद, शाहिन शाह अफरिदी, मोहम्मद हसनैन, हारिस राएफ र नसिम शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *