२९औं थाइल्याण्ड मास्टर्स एथ्लेटिक्स प्रतियोगितामा झापाका कृष्णप्रसाद सिग्देलले रजत पदक जितेका छन्
राजधानी बैंककको च्याङ राईमा आयोजना भएको यो प्रतियोगितामा झापाका सिग्देलले ५५-५९ उमेर समूहमा लङजम्पतर्फ ४ दशमलव ९० मीटरको जम्प लगाउँदै रजत पदक जितेका हुन् ।
बिहीबार भएको खेलमा पदक जितेपछि उनले भने, ‘मैले पदक जित्छु भन्ने कल्पना गरेको थिइन् । त्यति धेरै ठूला राष्ट्रका खेलाडी सहभागी थिए । खुसी लागेको छ ।’
१२ फेब्रुअरीदेखि सुरु भएको यो प्रतियोगितामा भाग लिन ९ खेलाडी र २ पदाधिकारी गरी ११ जनाको नेपाली टोली बैंकक पुगेको थियो । प्रतियोगितामा २२ राष्ट्रका खेलाडी सहभागी छन् ।
