भुटानी क्लब एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले हराउँदै मच्छिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो ।
मच्छिन्द्रको जितमा स्टेफेन जलिले निर्णायक गोल गरे । उनले खेलको ८०औं मिनेटमा सनिस श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका हुन् । मच्छिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी एफसीसँग प्रतिष्पर्धा गर्नेछ ।
यसअघि मंगलबार नै भएको तेस्रो क्वाटरफाइनल खेलमा संकटा फुटबल क्लबले विभागीय टोली एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।
