नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्‌काले वर्ल्ड वरियता जि टु, बुल्गेरिया ओपनमा खेल सञ्चालन गर्ने भएका छन् । त्यसका लागि खड्का बिहीबार बुल्गेरियाका प्रस्थान गर्दै छन् ।

विश्व तेक्वान्दो तथा बुल्गेरिया तेक्वान्दो फेडरेसन र बुल्गेरिया ओलम्पिक कमिटीको संयुक्त आयोजनामा हुने प्रतियोगिता आगामी मार्च १ देखि ३ तारिखसम्म बुल्गेरियाको सोफियामा हुँदैछ ।

अन्तर्राष्ट्रिय निर्णायक खड्का ग्यारोगी तथा पुम्से दुवै विधामा निर्णायकको भूमिकामा रहने छन् । खड्का नेपालका ग्यारोगी तथा पुम्से दुवै विधाका दोस्रो श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

खड्का पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये एक हुन् । बुल्गेरिया ओपनमा ओलम्पियन र वर्ल्ड च्याम्पियन खेलाडीहरुसमेत गरी करिब १ हजार ७ सय खेलाडीको सहभिागता रहने बताइएको छ ।

तेक्वान्दो निर्णायकको रुपमा खड्‌काको यो तेस्रो बुल्गेरिया भ्रमण हो । यसअघि खड्‌काले सन् २०२२ मा भएको विश्व च्याम्पियन्सीप र सन् २०२३ मा आयोजित बुल्गेरिया ओपनमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

टोकियो पारा ओलम्पिक र पेरिस ओलम्पिक क्याम्पमा समेत पर्न सफल भएका खड्काले ५० भन्दा बढी विश्व वरीयताका तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयबाट ‘उत्कृष्ट रेफ्री’ का रूपमा सम्मानित भइसकेका खड्का नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *