काठमाडौं । दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई एक कार्यक्रमबीच मंगलबार बिदाई गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले सहभागी हुने नेपालि टोलीलाई बिदाइ गरेका हुन् ।
अन्जु रावतले अमेरिकाको सिकागोमा फेब्रुअरी २२ देखि २३ तारिखमा हुने इलिनियस ओपन आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापाले जनाएका छन् ।
फारमबहादुर महत र निर्मला गुरुङले बेलायतमा फेब्रुअरी २१ देखि २३ तारिखसम्म हुने अन्तर्राष्ट्रिय प्रशिक्षक कोर्ष तथा टेक्निकल सेमिनारमा सहभागी हुने छन् । ३ सदस्यीय टोली बुधबार आ-आफ्नो गन्तब्यतर्फ प्रस्थान गर्ने छन् ।
