नेपालमा पहिलो पटक क्युकोवन कप तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ ।
प्रतियोगिता वैशाख ४-६ गतेसम्म सातदोबाटो तेक्वान्दो एकेडेमी हलमा आयोजना हुने भएको छ ।
नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको संयुक्त आयोजनामा यो प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगितामा ब्रेकिङ, पुम्से, तेक्वान्दो एरोबिक्स र टिम ग्यरोगी (टिम फाइट) विधाहरू समावेश छन् ।
विभिन्न उमेर समूहमा ९८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका लागि ११ सदस्यीय आयोजक समिति गठन गरिएको छ, जसको संयोजक नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भान बहादुर चन्द रहेका छन् ।
३० निर्णायक, २ प्राविधिक र २० स्वयंसेवक परिचालित हुनेछन् ।
प्रतियोगिताको अनुमानित बजेट २१ लाख १५ हजार रुपैयाँ रहेको छ, जसअन्तर्गत पदक कुकिवनबाट उपलब्ध गराइनेछ ।
नेपाल तेक्वान्दो संघका प्रवक्ता साम्राज्य विक्रम पाण्डेले प्रतियोगितामा सहभागी भई खेलाडीहरूलाई प्रोत्साहन गर्न आग्रह गरेका छन् ।
