अभिलाषा र सपिरको जोडी सेमिफाइनलमा

२०८१, १६ फाल्गुन शुक्रबार १८:४२

नेपालकी नम्बर वान टेनिस खेलाडी अभिलाषा विष्ट र इजरायलकी सपिर कोहेनका जोडी दक्षिण अफ्रिकामा जारी डब्लु १५ प्रेटोरिया टेनिस प्रतियोगिताको महिला डबल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अभिलाषा र सपिरको जोडीले क्वार्टरफाइनलमा अमेरिकाकी श्रीया अटुरु र भारतकी अस्मिथा इस्वारामुर्थीको जोडीलाई ६-७, ६-४ र १०-४ को सेटमा पराजित गरे ।

त्यसअघि अभिलाषा र सपिरको जोडीले दक्षिण अफ्रिकाका मिया लेह सिल्लर्स र नाद्धा वाल्टरको जोडीलाई ६-० र ६-१ को सोझो सेटमा सहजै हराएका थिए ।

सेमिफाइनलमा अभिलाषा र सपिरको जोडीले जर्मनीकी भिभेन सन्दवर्ग र नेडरल्यान्ड्सकी भान प्रोपेलको सामना गर्ने अभिलाषाका पिता अजय विष्टले बताए । अजयका अनुसार यो प्रतियोगिताको कूल पुरस्कार राशि १५ हजार अमेरिकी डलरको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *