जोकोभिच कतार ओपन टेनिसबाट बाहिरिए

२०८१, ७ फाल्गुन बुधबार ११:५९

विश्व नम्बर तीन नोभाक जोकोभिच कतार ओपन टेनिस प्रतियोगिताको अन्तिम ३२ बाटै बाहिरिएका छन् ।

सर्बियन स्टार जोकोभिच इटालियन खेलाडी माटियो बेरेटिनीसँग २-० को सोझो सेटमा पराजित भए । जोकोभिचले खेल ६-७ (४-७), २-६ ले गुमाए ।

बेरेटिनीले पहिलो पटक जोकोभिचविरुद्ध जित निकालेका हुन् । ‘म राम्रो खेलाडीसँग पराजित भएको छु । यस अर्थमा कतार ओपनबाट चाँडै बाहिरिनु पर्दा मलाई कुनै दुःख लागेको छैन,’ जोकोभिचले खेलपछि भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *