मलेसियामा आयोजना हुन लागेको वुमन्स जुनियर टेनिस प्रतियोगिता २०२५ मा नेपालबाट ३ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय टेनिस महासंघद्वारा आयोजित यश प्रतियोगितामा मन्डिखाटार टेनिस क्लबका तीन युवा महिला टेनिस खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

नेपालकी युवा टेनिस खेलाडी शिभाली गुरुङ, स्वरा थापा र आयुषा जी.सी. यू-१४ गर्ल्स वर्ल्ड टेनिस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

मलेसिया जाने यी खेलाडीहरूलाई हौसला प्रदान गर्दै मन्डिखाटार टेनिस क्लबले विदाई गरेको छ ।

अप्रिल २-९ तारिखसम्म आयोजना हुने प्रतियोगिताको लागि मलेसिया गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *