सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रनको योगफल तयार पारेको थियो ।
सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ रन बनाए । अजमतुल्लाले ६३ बल १ चौका र ५ छक्कासहित ६७ रन जोडे ।
अस्ट्रेलियाका बेन द्वारस्विसले ३, स्पेन्सर जोन्सन, एडन जाम्पाले समान २ तथा नाथन इल्स र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।
