भारतका स्टार बलर जसप्रित बुमराहले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ नखेल्ने भएका छन् ।
अस्ट्रेलियामा भएको बोर्डर गावस्कर सिरिजको अन्तिम खेलमा घाइते भएका उनी च्याम्पियन्स ट्रफी अघि फिट नभएपछि बिसिसिआईले बुमराहलाई टोलीबाट हटाएको छ ।
बिसिसिआई बुमराह फिट हुने अपेक्षासहित उनलाई समेट्दै १५ सदस्यीय टिम घोषणा गरेको थियो । तर, उनी फिट नदेखिएपछि बिसिसिआईले अन्तिम समयमा टोलीमा परिवर्तन गरेको छ ।
उनको स्थानमा अर्का फास्ट बलर हर्षित रानालाई टोलीमा समावेश गरिएको छ । इंग्ल्यान्डविरुद्धको जारी एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी भारतीय टोलीमा पर्न सफल भए ।
यस्तै, बिसिसिआईले टोलीमा अर्को परिवर्तन पनि गरेको छ । बायाँ ओपनर यशस्वी जायसवालको स्थानमा स्पिनर वरुण चक्रवर्तीलाई टोलीमा समावेश गरिएको छ । वरुण पछिल्लो समय उत्कृष्ट फर्मममा छन् ।
पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीको समूहमा ‘ए’ मा भारत र आयोजकसँगै बंगलादेश र न्युजिल्यान्ड छन् । भारतले फेबु्रअरी २० मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । भारतले सबै खेल दुबईमा खेल्नेछ ।
भारतीय टोली
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल, हार्दिक पाण्ड्या, ऋषव पन्त, अक्षर पटेल, रविन्द्र जडेजा, वासिङटन सुन्दर, कुलदीप यादव, वरण चक्रवर्ती, मोहम्मद सामी, अर्शदीप सिंह र हर्षित राना ।
वैकल्पिक खेलाडी : यशस्वी जायसवाल, मोहम्मद सिराज र शिभम दुवे ।
