इलाम । सुप्रिया मियाको निर्णायक गोलमा कनकाई नगरपालिका झापा १५औं पवित्रहाङमा गोल्डकप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङलाई १–० ले पराजित गर्दै कनकाई झापा उपाधि नजिक पुगेको हो ।

कनकाईको जितमा खेलको प्लेयर अफ द म्याच समेत घोषित भएकी सुप्रिया मियाले ३३औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले नगद तीन हजार ६९ रुपैयाँ हात पारिन् ।

प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोली सहभागी छन् । प्रतियोगिताअन्तर्गत बुधबार हुने दोस्रो सेमिफाइनल खेल दिपेन्द्र शिखर फुटबल क्लब इलाम र रोयल स्पोर्टिङ क्लब दमक झापाबीच हुनेछ । खेल दिउँसो २ वजे सुरु हुनेछ ।

प्रतियोगिताका विजेताले नगद तीन लाख एक सय ६९ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद दुई लाख एक सय ६९ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *