इटालियन सिरी ‘ए’मा दोस्रो स्थानको इन्टर मिलान युभेन्टससँँग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा युभेन्टसले इन्टर मिलानमाथि १–० को जित निकालेको हो ।
युभेन्टसको घरेलु मैदानमा भएको खेलको ७४औं मिनेटमा युभेन्टसका फ्रान्सिस्को कन्सिकाउले गरेको गोल निर्णायक बन्यो ।
जितसँगै युभेन्टस २५ खेलबाट ४६ अंक जोडेर तालिकाको चौथौं स्थानमा उक्लिएको छ । हारपछि इन्टरले शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमाएको छ ।
इन्टरको २५ खेलबाट ५४ अंक छ भने शीर्ष स्थानको नापोलीको ५६ अंंक छ ।
