इंग्लिस प्रिमियर लिगमा लिडर लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
आइतबार राती भएको खेलमा लिभरपुलले सिटीलाई उसैको घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन मोहम्मद सालाह र डोमिनिक जोबोस्लाइले गोल गरे । सालाहले १४औं मिनेटमा र जोबोस्लाईले ३७औं मिनेटमा गोल गरे ।
जितसँगै शीर्ष स्थानको लिभरपुलको २७ खेलबाट ६४ अंक भएको छ । पराजित सिटि २६ खेलबाट ४४ अंकका साथ चौथो स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा न्युकासलले नोटिङहाम फरेस्टमाथि ४-३ गोलको रोमाञ्चक जित निकाल्यो ।
