रियाल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा रियालले लेगानेसलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
लेगानेसको घरेलु मैदानम भएको खेलमा रियाललाई जित दिलाउन लुका मोड्रिच, एन्ड्रिक र गोन्जालो गार्सियाले गोल गरे । पराजित लेगानेसका लागि भने जुआन कुजले दुई गोल गरे ।
लेगानेसविरुद्धको खेलमा रियाल केलियन एम्बाप्पे, भिनिसियस जुनियर र जुड बेलिङघम जस्ता स्टार खलाडीबिना नै मैदान उत्रिएको थियो ।
खेलको १८औं मिनेटमा मोड्रिचको गोलमा रियाले सुरुवाती अग्रता लिएको थियो । २५औं मिनेटमा एन्ड्रिकले टोलीको अग्रता दोब्बर पारे ।
३९औं मिनेटमा कुजले पेनाल्टीमा गोल गर्दै लेगानेसलाई २-१ को स्थितिमा आयो । ५९औं मिनेटमा कुजले व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा आयो ।
बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा गार्सियाले निर्णायक गोल गर्दै रियाललाई ३-२ को रोमाञ्चक जित दिलाए ।
मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको मड्रिड कोपा डेल रे को सेमिफाइनलमा पुगिसकेको छ । बाँकी दुई क्वाटरफाइनलमा बिहीवार रियल सोसिडाड र ओसासुना तथा भ्यालेन्सिया र बार्सिलोनाबिच प्रतिस्पर्धा हुनेछ।
