बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

रायो भालेकानोलाई सोमवार १-० ले पराजित गरेको बार्सिलोना रियल म्याड्रिडलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोर्बट लेवान्डोव्स्कीले गोल गरे । उनले २८औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल निर्णायक बन्यो ।

जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियलको पनि ५१ अंक भएपनि गोलअन्तरको पछि पर्यो

समान खेलबाट ५० अंक जोडेको एट्‌लेटिको मड्रिड तेस्रो स्थानमा छ । भालेकानो २४ खेलमा ३५ अंकका साथ छैठौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *