आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको क्याम्प घोषणा गरेको छ ।

प्रारम्भिक चरणको ३६ सदस्यीय टोलीबाट १२ खेलाडीहरू कटौती गर्दै क्यानले २४ सदस्यीय टोलीसहित दोस्रो चरणको क्याम्पको घोषणा गरेको हो ।

पहिलो चरणमा छानिएका ३६ खेलाडीलाई तीन समूहमा विभाजन गरेर क्यानले माघ १५ देखि २२ गतेसम्म भैरहवाको एक्स्ट्राटेक क्रिकेट मैदानमा ‘क्यान युथ कप’ आयोजना गरेको थियो । 

उक्त युथ कपमा खेलाडीहरूले गरेको प्रदर्शनका आधारमा २४ खेलाडीहरूलाई दोस्रो चरणको क्याम्पमा समावेश गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

नेपालले आगामी चैतमा आइसिसी यू-१९ विश्वकपको एसिया छनोट आयोजना गर्दैछ ।

एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन् । नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन् । नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन् ।

यो छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने यू–१९ विश्वकपमा स्थान पक्का गर्नेछ । 

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो । त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो । सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ ।

दोस्रो चरणको क्याम्पमा छनोट खेलाडी

अमर मिश्र, सोहेल कुँवर, रुहुल हक अन्सारी, निरजकुमार यादव, नरेन भट्ट, रोशन विश्वकर्मा, सिब्रिन श्रेष्ठ, दिलसाद अली, दर्श सोनार, युवराज खत्री, दिपक सेराला, अपराजित पौडेल, विपिनप्रसाद शर्मा, रोहन साह, अभिषेक तिवारी, अरविन्द घर्ती, नितिश पटेल, दयानन्द मण्डल, सन्तोष यादव, प्रतिक पौडेल, सुर्यान्सु कोइराला, अशोक धामी, साहिल पटेल, राजेश बोहरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *