आर्सनलसँग इंग्लिस प्रिमियर लिग आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ । सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ ।
आर्सनलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन मार्टिन ओडेगोर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले समान १ गोल गरे । सिटीका एर्लिङ हालान्डले १ गोल फर्काए ।
ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे । ५५औं मिनेटमा हालान्डले बराबरी गोल गर्दै सिटीलाई खेलमा फर्काए । तर त्यसको एक मिनेटमै पार्टेल गोल गर्दै आर्सनललाई अघि बढाए । त्यसपछि सिटी सम्हालिन सकेन ।
स्केलीले ६२औं मिनेटमा गोल गरे । आर्सनलका लागि सिनियर लेभलमा यो उनको पहिलो गोल हो । ७६ औं मिनेटमा हार्भेट्ज र इन्ज्युरी समयको तेस्रो मिनेटमा नोनेरीले गोल गरेपछि आर्सनलको जित सहज बन्यो ।
जितसँगै दोस्रो स्थानको आर्सनलले २४ खेलबाट ५० अंक बनाएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ५६ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ । चौथो स्थानमा रहेको सिटीको ४१ अंक छ । सोमवार वेस्ट ह्यामलाई हराउन सके चेल्सी चौथो स्थानमा उक्लनेछ ।
