जर्मनीका युवा स्टार खेलाडी जमाल मुसियालाले बायर्न म्युनिखसँगको सम्झौता लम्ब्याएका छन् ।
मुसियालाले बायर्न म्युनिखसँग सन् २०३० को जुन ३० सम्म रहने गरी सम्झौता गरेका हुन् । सम्झौतामा बायर्न म्युनिखका अध्यक्ष हर्बर्ट हेइनर र जमाल मुसियालाबीच सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
चेल्सीको क्लब एकेडेमीबाट सन् २०१९ को बायर्न म्युनिखमा अनुबन्ध भएका थिए । क्लब एकेडेमीमा छोटो समय बिताएपछि मुसियाला बायर्नको सिनियर टिममा डेब्यु गरेका थिए ।
बायर्नका लागि मुसियालाले अहिलेसम्म १९३ खेल खेल्दै ५८ गोल गरेका छन् भने ३१ गोलका लागि पास उपलब्ध गरेका छन् । मुसियालाले बायर्नमा ११ उपाधि जितेका छन् । मुसियालाले बायर्नबाट च्याम्पियन्स लिग, चार पटक जर्मन लिग, र क्लब विश्वकप जितेका छन् ।
सम्झौतापछि मुसियालाले म्युनिखसँगको सम्झौता विस्तार गर्न पाउँदा खुसी लागेको बताए । ‘म बायर्नसँग आफ्नो सम्झौता विस्तार गर्न पाउँदा धेरै खुसी छु, यो क्लब मेरो घर हो । र, मलाई विश्वास छ कि हामी अझै ठूला उपलब्धि हासिल गर्न सक्षम छौँ,’ उनले भने ।
सन् २०२१ मा जर्मनीको राष्ट्रिय टिममा डेब्यु गरेका जमालले ३८ खेल खेल्दै ७ गोल गरेका छन् ।
