घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बिहिवार बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ जनाको अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोलीमा अधिकांश साफ महिला च्याम्पियनसिप २०२४ खेलेका खेलाडीले निरन्तरता पाएका छन् । 

नेपाली टोलीमा साफ खेलेका चार खेलाडीले भने स्थान बनाउन सकेनन् । जसमा हिराकुमारी भुजेल, अमिषा कार्की, दीपा शाही र सजनी थोकर छन् । उनीहरुको स्थानमा चन्द्रा भण्डारी, रेनुका हमाल, सुस्मा तामाङ र मनमाया दमाईले स्थान बनाएका छन् । सुस्मा पहिलो पटक राष्ट्रिय टोलीमा परेकी हुन् ।

बन्द प्रशिक्षणमा रहेकामध्ये सावित्री किशन, सुजता तामाङ, सजनी थोकर, प्रतिक्षा चौधरी, सम्झना लावती, बिर्सना चौधरी र ममता पुन अन्तिम टोलीमा अटाउन सकेनन् ।

प्रतियोगिता आगामी फागुन ५ गतेदेखि १३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्दै छन् ।

नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने छ । नेपाल र किर्गिस्तानबीचको खेल फागुन ५ गते दशरथ रंगशालामा साँझ ५:३० बजे शुरु हुनेछ ।

यसैगरी नेपालले दोश्रो खेल फागुन ८ गते लेबनान र तेश्रो खेल ११ गते म्यानमारसँग खेल्ने छ । फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा नेपालले प्रतियोगिता खेल्न लागेको हो ।

नेपाली महिला टोली :

गालकिपरः एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ

डिफेन्डरः अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई

मिडफिल्डरः अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ

फरवार्डः सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *