पोखरा । पाँच पटकको च्याम्पियन टोली थ्री स्टार क्लब २४औं आहा रारा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

पोखरा रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग ४-० ले पराजित भएसँगै थ्री स्टार सेमिफाइनलबाटै बाहिरिएको हो ।

ब्ल्याक बुल्सको जितमा सभ्काटजोन सात्तोरोभले दुई तथा कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ र सइदजमोल दाभ्लातिनोभले गोल गरे ।

खेलको २४औं मिनेटमा ओलिमोभको गोलमार्फत ब्ल्याक बुल्सले अग्रता लिएको थियो । ५८औं मिनेटमा ओरिफजोनोभले टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ६२औं मिनेटमा सत्तारोभले गोल गर्दै ब्ल्याक बुल्सलाई ३-० को अग्रता दिलाएका थिए । खेलको ८७औँ मिनेटमा दाभ्लातिनोभले गोल थप्दा ब्ल्याक बुल्स ४-० ले बिजयी भयो ।

पहिलो सहभागितामै फाइनल प्रवेश गरेको ब्ल्याक बुल्सले अब शनिबार दिउँसो उपाधिका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *