एसियाली एम्पुटी फुटबल प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडीसहित २० सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशको ढाका जाने भएको छ।

खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदिप चापागाईं, राज पौडेल र प्रकाश सिंह रहेका छन् ।

प्रशिक्षकमा चत्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । फेब्रुअरी ५ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बंगलादेश, इरान, इराक र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *